अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

गायिका सन्जु न्यौपानेको तिज गीत “दर खान” सार्वजनिक(भिडियो सहित)

सूर्य चन्द २०७६ असार १० गते १४:०८ मा प्रकाशित

काठमाडौँ: लोक दोहोरी गायिका सन्जु न्यौपानेको तिज गीत “दर खान” को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गीतहरूमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै “दर खान” नामक गीतको म्युजिक भिडियोलाई भर्खरै बजारमा लिएर आएकी हुन् ।

सङ्गीतकार एक नारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् । छायाकार कारण चैसिरले छायाङ्कन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस् :