अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

विजयादशमीको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

बिआरटीनेपाल २०७६ असोज २० गते ६:०२ मा प्रकाशित

यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ । बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू