अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

एनआरएनएको चुनावी रौनक – अध्यक्षका प्रत्याशी पन्त स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:१४ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषद (एनआरएनए, आइसिसि) को अध्यक्ष पदका दावेदार कुमार पन्त बिश्व भ्रमण सकेर नेपाल आइपुग्नु भएको छ । पन्त बिहीवार साँझ काठमाडौं आइपुग्नुभएको हो । आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा एनआरएनएको नवौ बिश्व सम्मेलन हुँदैछ । सोही सम्मेलनमा बर्तमान कार्यसमितिका उपाध्यक्ष पन्तसहित अर्का उपाध्यक्ष कुल आचार्यले अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरिसक्नु भएको छ । आगामी सम्मेलनबाट एनआरएनएको नेतृत् वगर्न चाहनु भएका पन्तलाई काठमाडौं आउँदा बिमानस्थलमै एनआरएनएका मतदाता पुगेर भब्य स्वागत गरेका छन ।

एनआरएनए जापानका अभियन्ता पर्शु बस्नेतका अनुसार बिभिन्न देशबाट काठमाडौं आइपुगेका झण्डै दुई सय एनआरएनएका मतदाताहरु भावी अध्यक्ष भन्दै पन्तको स्वागतका लागि बिमानस्थलमा पुगेका थिए । अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार पन्त यस पटक सर्वसम्मत अध्यक्ष हुने आश्वासनपछि भवन भट्टलाई सर्वसम्मत बनाएर उपाध्यक्षमा बस्नुभएको थियो । यसपटक पनि सर्वसम्मत बनाएर एनआरएनएलाई राजनीतिक छाँयामुक्त बनाउने आफ्नो प्रयाश जारी रहेको तर अन्तिममा चुनाव हुने स्थिति आए पनि सहज रुपमा लिई प्रतिस्पर्धामा जाने पन्तले बताउनु भयो ।

‘सके सर्वसम्मत नेतृत्व लिने प्रयाश हुन्छ, प्रतिस्पर्धा नै भयो भने पनि मित्रवत प्रतिस्पर्धा गरेर एनआरएनएको नेतृत्व लिनेछु, सवै एनआरएनएका साथीहरुले भावी अध्यक्ष तपाई नै हो भन्नुभएको छ, अघिल्लो अधिवेशनदेखि नै भावी अध्यक्ष म नै हुनुपर्छ भन्ने कुरा मनमा राखेर साथीहरु बस्नुभएको थियो,’ पन्तले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू