अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

हुथी बिद्रोहीले आफ्ना सैनिक कब्जामा नलिएको साउदी अरबको दाबी

बिआरटीनेपाल २०७६ असोज १४ गते १०:५८ मा प्रकाशित

साउदी अरेबियाले यमनका हुथी विद्रोहीले आफ्ना सैनिक कब्जा नगरेको स्पष्ट पारेको छ । साउदी सरकारले हुथी विद्रोहीले सैनिक क्याम्पमा आक्रणमा गरेर पाँच सय भन्दा बढी साउदी सैनिक अधिकारीलाई नियन्त्रणमा लिएको भनी गलत प्रचार गरेको दावी गरेको हो ।

हुथी प्रवक्ताले शनिबार एउटा टेलिभिजनमा दिएको अन्तवार्तामा साउदी अरबियामाथि हमला गरेर ठूलो संख्यामा सैनिक नियन्त्रणमा लिएको दावी गरेका थिए ।

तर गठबन्धनका प्रवक्ता कर्नल टर्की अल माल्कीले सैनिकहरु नियन्त्रणमा लिएको भनी भ्रामक प्रचार गरेको दावी गरेका छन् ।

गठबन्धनले साउदी अरेबियाको सिमानामा पर्ने सादान प्रान्तको किताफ जिल्लामा विद्रोहीहरुको आक्रमणको प्रयासलाई साउदी सेनाले बिफल बनाएको बताए ।

उता यमनको उत्तररी भाग नियन्त्रण गर्ने हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सिमानामा पर्ने विभिन्न स्थानमा ड्रोन तथा मिसाइल आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू