अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकको निधन

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:२९ मा प्रकाशित

फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकको ८६ वर्षको उमेरमा निधन भएको छ। सिराकको आफ्नै निवासमा निधन भएको हो। उहाँको निधनमा फ्रान्सको राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरिएको थियो।

सिराकले आफ्नो कार्यकालमा प्रमुख राजनीतिक फैसलामा राष्ट्रपति पदको कार्यकाल सात वर्षबाट घटाएर पाँच वर्षमा कायम गर्नुभएको थियो भने अनिवार्य सैनिक सेवाको प्रावधान हटाउनुभएको थियो । उहाँले फ्रान्सलाई एकल युरोपेली मुद्रामा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो ।

सन् १९३२ मा एक बैंक म्यानेजरका छोराको रुपमा जन्मिएका शीराक सन् १९९५ देखि २००७ सम्म फ्रान्सको राष्ट्रपति हुनुभएको थियो । उहाँ दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी शासन गर्ने शासकको सूचीमा दोस्रा हुनुहुन्थ्यो । यसअघि समाजवादी नेता फ्रास्वाँ मित्तराले फ्रान्समा सबैभन्दा बढी शासन गर्नुभएको थियो ।

शिराक फ्रान्सको प्रधानमन्त्री पनि हुनुभएको थियो । पछिल्लो समय भने उहाँ श्रृंखलाबद्ध भ्रष्टाचार काण्डमा मुछिनुभएको थियो । शिराकलाई पेरिसको मेयर रहँदा सार्वजनिक कोषमाथि भ्रष्टाचार गरेको अभियोग लागेको थियो। उहाँलाई सन् २००५ मा स्ट्रोक भएको थियो। सन् २०१४ देखि स्मरणशक्ति गुमेपछि उहाँ सार्वजनिक कार्यक्रममा देखिन छाड्नुभएको थियो ।

युरोपेली आयोगका अध्यक्ष एवं लक्जेम्बर्गका पूर्व प्रधानमन्त्री जाँ क्लाउड जंकरले शीराकको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू