अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

हिन्द महासागरमा चीनको जलसेना देखिएपछि भारत सतर्क

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:५७ मा प्रकाशित

हिन्द महासागरमा चीनको उपस्थिति बढ्दै जाँदा भारतीय जलसेनाले भारतीय जलसीमा जनिक चीनको युद्धपोत र पनडुब्बी पत्ता लगाएको छ । भारतीय जलसेनाको सर्वेक्षण विमानले गश्तीका बेलामा चिनियाँ युद्धपोतको तस्वीर खिचेको छ । भारतीय जलसीमा नजिक भएर जाने सबै व्यावसायिक जहाज तथा युद्धपोतको निगरानी भारतीय जलसेनाले गर्छ ।

चिनियाँ एम्फिबियस लडाकू पोत शियान र मिसाइल फ्रिगेटको तस्वीर सार्वजनिक भएको हो । तस्वीर पी–८१ मेरिटाइम सर्भेलान्स एयरक्राफ्टले लिएको हो । एयरक्राफ्टले हिन्द महासागरको गश्ती गर्ने क्रममा निकै माथिबाट तस्वीर लिएको हो ।

गश्ती विमानले चिनियाँ पोतबाहेक आणविक पनडुब्बी पनि ट्य्राक गरेको छ । मलाक्का जलडमरुको बाटो भएर हिन्द महासागरमा चिनियाँ पोत पसेलगत्तै भारतीय जलसेनाले निगरानी बढाएको छ र रक्षा विभागलाई सूचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू