अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

भारतमा गणेश विसर्जनका क्रममा डुंगा पल्टिँदा ११ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:३७ मा प्रकाशित

भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको एउटा पोखरीको खटलापुरा घाटमा शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार डुंगामा २०÷२५ जना व्यक्ति सवार थिए ।

मूर्ति विर्सजनमा गएका परिवारका सदस्यहरू सम्पर्कमा नआएमा खबर गर्न अनुरोध गरेको छ । ज्यान गुमाउनेमा पिपलानी १०० क्वार्टरका मानिसहरू रहेका छन् । समाचामा जनाईएअनुसार गणेशको प्रतिमा निकै ठूलो थियो। प्रतिमालाई नदीमा विसर्जन गर्ने बित्तिकै डुंगा असन्तुलन भएर पल्टिएको थियो ।

दुर्घटनालगत्तै राज्य विपद् प्रतिक्रिया कोष (एसडिआरएफ) को टिम गोताखोर र प्रहरीको टिम पुगेको थियो । घटनालाई जनसम्पर्क मन्त्री पिसी शर्माले दुर्भाग्यपूर्ण भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू