अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

भारत र चीनका सेनाबिच सीमामा झडप

बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:३३ मा प्रकाशित

भारत र चीनका सेनाबिच सीमा क्षेत्रमा झडप भएको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका हुन् ।

पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा भारतीय सेना गस्तीमा गएका बेला चीनका सेनासँग धेरै बेरसम्म धकेलाधकेल र मुक्कामुक्की भएको थियो । चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि दुवै पक्षबिच मुक्कामुक्की सुरु भएको हो ।

घटनापछि दुवै देशले सैनिक सङ्ख्या बढाएका थिए । घटना साँझसम्म लम्बिएको थियो । तनावपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ । यसअघि पनि दुई मुलुकका सेनाबिच सीमा क्षेत्रमा यस्तै किसिमको घटना भएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू