अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

हङकङकी प्रमुख कार्यकारी लामद्वारा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:२९ मा प्रकाशित

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने बताउनुभएको छ । उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो । बुधबार टेलिभिजन सम्बोधनमार्फत् उनले विरोध प्रदर्शनका क्रममा प्रहरीले गरेको व्यवहारबारे छानबिनकाक्रममा दुईजना थप वरिष्ठ अधिकारी समावेश हुने पनि उल्लेख गनुृभयो ।

प्रदर्शनकारीहरूले प्रहरी दमनबारे छानबिन गरिनुपर्ने मागसमेत राखेका छन् । गएको सोमबारमात्र लामले हङकङको राजनीतिक संकट आफ्नै कारणले गर्दा चर्किएको भन्दै आफैंलाई दोष दिँदै गरेको ‘अडिओ रेकर्ड’ सार्वजनिक भएको थियो । गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

बढ्दो विरोध प्रदर्शनपछि जुनमा लामले उक्त विधेयक निलम्बित भएको जनाएपनि त्यसलाई फिर्ता नै भने लिनुभएको थिएन । तर, प्रदर्शनकारीहरुले उक्त विधेयक पूर्णरूपमा फिर्ता लिइनुपर्ने भन्दै सडक छाडेका थिएनन् । हङकङमा पूर्ण प्रजातान्त्रिक अधिकारहरू हुनुपर्ने उनीहरुको थप माग छ । हङकङमा लगातार १४ हप्तायतादेखिको सरकारविरोधी प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त छ । अर्थतन्त्र चौपट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू