अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

भरतपुर विमानस्थल विस्तारको काम एक हप्ताभित्र अघि बढाउंँछौंः पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:२२ मा प्रकाशित

भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नतिको काम एक हप्ताभित्र अघि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभएको छ । विमानस्थल विस्तारको लागि उत्तरपट्टी रहेको सेनाको ब्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी यो काम अघि बढाइने मन्त्री भट्टराईले बताउनुभयो ।

बुधवार भरतपुरमा आयोजित भरतपुर विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा उहाँले भरतपुर विमानस्थल जोखिममा रहेकोले बन्द अथवा विस्तारको विकल्प नरहेको उल्लेख गर्नुभयो ।भरतपुर विमानस्थल लुक्लापछिको जोखिम विमानस्थल रहेको बताउँदै उहाँले अब यसको विस्तार एवं बन्दको विकल्प नरहेको ठहर गर्नुभयो । उनका अनुसार एक हप्ताभित्र सरोकारकारवाला मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरुबीच बैठक बसेर विस्तारको काम टुंगिनेछ ।

यसका लागि रक्षा मन्त्रालय, प्रधानसेनापति, प्रदेशस्तरीय मन्त्रीहरुबीच छलफल गरेर अघि बढाइने मन्त्री भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया