अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

ईरानका राष्ट्रपति रुहानीलाई भेट्न ट्रम्प तयार, शर्त–सही परिस्थिति

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानका राष्ट्रपति हसन रुहानीसँगको भेटका लागि खुला रहेको बताउनुभएको छ । तर त्यसका लागि परिवेश र परिस्थिति सही हुनु पर्ने उहाँको भनाई छ । फ्रान्समा भएको जी सेभेन राष्ट्रका नेताहरुको सम्मेलनको क्रममा आइतबार इरानका विदेश मन्त्रीले छोटो र पूर्व घोषणा नगरिएको भ्रमण गरेपछि ट्रम्पको यस्तो भनाई आएको हो ।

अमेरिका र इरानबिचको सम्बन्ध हाल अति तनावको अवस्थामा छ । सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका गएको वर्ष बाहिरिएसँगै दुई देशको सम्बन्ध थप बिग्रिएको हो । सो सम्झौताले इरानको प्रमाणु कार्यक्रमलाई सीमित गर्ने थियो । तर इरानले त्यसको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका बाहिरियो ।

त्यसपछि इरानले पनि सम्झौतामा रहिरहन आफू बाध्य नहुने बताएको थियो । दुवै देशले एकअर्कालाई निशाना बनाएर विभिन्न गतिविधि गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ परमाणु सम्झौता गर्न सकिने र आफूलाई त्यसको सम्भावना नजर आएको बताउनुभएको छ ।

राष्ट्रपति रुहानीसँगको वार्ताका लागि आफू राजी हुनु पूर्व राम्रो तयारी हुने पर्ने र त्यसका लागि ‘गुड प्लेअर्स’ चाहिने उहाको भनाई थियो । त्यसअघि सोमबार इरानी राष्ट्रपति रुहानीले आफ्नो देशलाई राम्रो हुने भए जो जुसकैसँग पनि भेट गर्न आफू तयार रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू