अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

जम्मु–कश्मिर पुग्नुभएका कांग्रेस नेता राहुल गान्धीलाई श्रीनगर विमानस्थलमै रोकियो

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:२७ मा प्रकाशित

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मु–कश्मिर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलमै रोकिदिएको छ। भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु–कश्मिरको स्वायत्त राज्यको अधिकार खोसेपछि राहुल गान्धीले आफूहरुले जम्मु–कश्मिर जान पाउनु पर्ने माग गर्दै आउनुभएको थियो । जम्मु–कश्मिरबाट धारा ३७० खारेज गरेपछि पहिलो पटक विपक्षी दलका नेताको टोली जम्मुकश्मिर पुगेको हो। राहुल गान्धी लगायतका नेताहरुले स्थानीय नागरिकहरुसँग भेट गर्ने बताइएको भएपनि उनको टोलीलाई विमानस्थलबाट बाहिर निस्कन दिइएको छैन ।

स्थानीय प्रशासनले उनीहरुको आगमनले राज्यको शान्ति व्यवस्थामा खलल पर्न सक्ने भन्दै जम्मु–कश्मिरको भ्रमण नजान भनेको छ । प्रतिनिधिमण्डलमा राहुल गान्धीका अलावा कांग्रेसका गुलाम नवी आजाद, आनन्द शर्मा, केसी वेणुगोपाल, सीपीएम नेता सीताराम येचुरी लगायत सामेल हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू