अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

अरोरामा तीज कार्यक्रमको तयारी पुरा, के के छन् त २० डोर प्राइजहरु

बिआरटीनेपाल २०७६ भदौ ५ गते २३:०१ मा प्रकाशित

नेपाली रेसिडेन्ट अफ अरोराको आयोजनामा आगामी आईतवार हुने अरोरा तीज कार्यक्रम २०१९ को तयारी पुरा भएको छ । प्रवासमा बसेर नेपाली धर्म संस्कृति र परम्परालाई आत्मसाथ गर्ने परिपाटीको निरन्तरताका लागि अरोराका नेपालीहरूले विगत केही वर्ष अगाडि देखी यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

विगतका वर्षहरूमा झैँ यो वर्ष पनि नेपाली नारीहरूको महान् चाड हरितालिका तीज पर्वको सुखद उपलक्ष्यमा नेपाली रेसिडेन्ट अफ अरोराको आयोजनामा नेपाली संस्कृतिलाई जगेर्ना  गर्ने उद्देश्यले आगामी आईतवार अगस्त २५ मा सांझ ५ देखी डेनभर (9755 E Hampden Ave, Denver, CO 80231) स्थित याक एन्ड यती रेस्टुरेन्टमा अरोरा तीज २०१९ हुन गइरहेको आयोजक टिम सदस्य जगादिश ढकालले बिआरटी नेपाललाई बताए । याक एण्ड यती रेस्टुरेन्टको तर्फबाट कार्यक्रम भरी, बारमा ५० % छुटको व्यवस्था गरिएको छ ।

कार्यक्रममा गायक रुपेश न्यौपानेले तिजको गीत गाएर दिदीबहिनीहरूलाई नचाउने भएका छन् भने आयोजकले २० वटा डोर प्राइजको पनि व्यवस्था गरेका छन् । कार्यक्रममा प्रवेशको लागि $१२ राखिएको छ भने ८ वर्ष मुनिका बालबालिकालाई निःशुल्क गरिएको छ । आफ्नो टिकट सुरक्षित राख्न पनि आयोजकले जानकारी दिएको छ । कार्यक्रमको अन्तमा उक्त टिकटमा भएको नम्बरबाट चिट्ठा खोलिने भएको छ । पुरस्कार लिन टिकट लिई नम्बर बोलाए पछि आउनु पर्नेछ । उक्त समयमा कोही पनि उपस्थित नभए अर्को नम्बर तानिने छ ।

उक्त कार्यक्रमको बिआरटी नेपालले फोटो लिएर वेबसाइटमा प्रकाशित गर्ने तथा फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

डोर प्राइजहरु:
1 Fossil Q Women’s Virginia Two-Tone Stainless Steel Hybrid Smartwatch
2 Deluxe Chrome-plated Steel 2-Tier Dish Rack with Drainboard/Cutlery Cup (BlackII)
3 Gracie Chintz 8-Ounce Porcelain Tea Cup and Saucer, Set of 4
4 Car Vacuum, HOTOR Corded Car Vacuum Cleaner (DC 12V Portable Auto Vacuum)
5 Nutri Bullet NBR-1201 12-Piece High-Speed Blender/Mixer System
6 Ultrean Air Fryer, 4.2 Quart Electric Hot Air Fryers Oven 1500 W (Black)
7 Hamilton Beach Programmable Coffee Maker, 12 Cups, Black
8 Eureka NES210 Blaze 3-in-1 Swivel Lightweight Stick Vacuum Cleaner Dark Black
9 Crock-Pot SCV401-TR 4-Quart Manual Slow Cooker, Red
10 Magic Bullet Blender, Small, Silver, 11 Piece Set
11 Fire TV Stick with Alexa Voice Remote, streaming media player (Includes $45 Sling TV credit)
12 Tech Matte Car Phone Mount Magnetic-Dashboard Mounted
13. BLACK+DECKER HHVI315JO42 Dustbuster Cordless Lithium Hand Vacuum, Flexi Blue
14 Hamilton Beach Electric Kettle and Water Heater Red Stainless Steel, 1.7 Liters,
15 Portable Charger Anker Power Core 20100 mAh
16 All-New Fire 7 Tablet (7″ display, 16 GB) – Black
17 Fire TV Stick with Alexa Voice Remote, streaming media player (Includes $45 Sling TV credit)
18 Revlon Salon 1875W Fast Drying AC Motor Hair Dryer
19 Echo (2nd Generation) – Smart speaker with Alexa and Dolby processing – Heather Gray Fabric
20 Gerber Dime Multi-Tool, Black

प्रतिक्रिया