अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

बंगलादेशको झोपडपट्टीमा आलगागी, ३ हजारजना घरवारविहीन

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:२३ मा प्रकाशित

बैगालादेशको प्रमुख क्रिकेट स्टेडियमबाट केही किलोमिटर मात्र पर रहेको झोपडपट्टीमा आगलागी भएको छ । आगलागीबाट करिव ३ हजार जना विस्थापित भएका छन् ।

अग्निनियन्त्रकहरूलाई आगो निभाउन तीन घन्टा लागेको मिरपुर फायर स्टेसनका व्यवस्थापक अनवर होसेनले जानकारी दिएका छन् । अनुसन्धान समितिका अनुसार आगालागीबाट १२ सयवटा झुप्रा क्षतिग्रस्त भएका छन् भने ७५० वटा झुुपडी पूर्णतया डढेका छन् ।

अधिकारहिरका अनुसार ईद उल–अदहा मनाउन अधिकांश मानिस बाहिर गएकाले मानवीय हताहती नभएको बताईएको छ । पीडितहरूलाई ५०० टन चामल र १३ लाख रुपैयाँ प्रदान गर्ने सरकारले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू