अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

पाकिस्तानमा विस्फोट, चारजनाको मृत्यु, दर्जनौं घाइते

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:४८ मा प्रकाशित

पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटको प्रकृति अहिलेसम्म थाहा नभएको जनाइएको छ । घाइते भएका दर्जनौं मानिसहरुलाई क्वेटास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । टेलिभिजन फुटेजमा देखाइए अनुसार उक्त शक्तिशाली विस्फोटबाट त्यहाँका भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।

चार साताको समयमा क्वेटामा भएको यो चौथो विस्फोट हो । चार सातामा भएका चारवटा छुट्टाछुट्टै विस्फोटमा १४ जनाले ज्यान गुमाएका छन् । पहिलो पटक जुलाई २३ मा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । जुलाई ३० प्रहरी चौकी नजिकैको विस्फोटमा पाँचजनाको मृत्यु र ३० जना घाइते भएका छन् । पाकिस्तानमा प्रतिबन्धित तेहरिक-आई-तालिबान पाकिस्तानले जिम्मा लिएको थियो ।

गत साता क्वेटाको मिसन रोड क्षेत्रमा गराइएको विस्फोटमा एकजनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू