अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

कश्मीरमा भिडन्त, पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ३० गते १०:१० मा प्रकाशित

भारत र पाकिस्तानको नियन्त्रित सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदा तीन पाकिस्तानी र पाँच भारतीय सुरक्षाकर्मी मारिएका कतारी सञ्चार माध्यम अल– जजिराले जनाएको छ । बिहीबार पाकिस्तानका सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफूरले ट्विट गर्दै नियन्त्रित सीमा रेखामा दोहोरो झडप हुँदा दुवै पक्षका गरी आठ सुरक्षाकर्मी मारिएको बताउनुभएको छ ।

उहाँले उक्त भिडन्तमा मारिएका तीनजना सैनिक तस्विर राख्दै ट्विट गर्नुभएको छ । उहाँले पाकिस्तानी सेनाका लन्च नायक तोइमूर, नायक तनभिर, सेपोइ रमाजनको मृत्यु भएको उल्लेख गर्नुभएको हो । ट्विटमा भारत सरकारलाई आफ्नो ध्यान कश्मीरभन्दा बाहिर हटाउन गोलीबारी गर्दा आफ्ना तीन जना सैनिकको जान गएको घाफुरको भनाई छ । उहाँका अनुसार जवाफी कारवाहीमा भारतीय पक्षका पाँच सैनिक पनि मारिएको र अन्य कैयौँ घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू