अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

दिदी बहिनी समूह कोलोराडोको तीज कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ साउन २६ गते ११:०४ मा प्रकाशित

नेपाली समुदायको उपस्थितिसँगै नेपाली कला, संस्कृति, चाड पर्वहरूले पनि उत्तिकै स्थान पाउँदै गइरहेको छ । परदेशमा बसेर पनि नेपाली पनलाई आत्मासाथ गर्दै आइरहेका नेपालीहरूले आफ्नो कर्म थलोमा यसरी आफ्नो परमपरा र संस्कारलाई फैलाउने काममा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेका छन् । 

अमेरिकाको कोलोराडोका दिदी बहिनीहरूले हिजो शनिवार नेपालमा आउँदै गरेको तीज पर्वलाई हर्ष र उल्लास पूर्वक मनाएका छन् । सिता सापकोटाको कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेर सुरु गरिएको कार्यक्रममा गायिका द्वय उषाकिरण अधिकारी र सत्य कला राईको उपस्थिति थियो । आपसी मेलमिलाप, सद्भाव र शुभकामना आदान प्रदान सहित स्वादिष्ट भोजनमा रमाएका नारीहरू नेपाली पहिरन र आभूषणमा सु-सज्जित भएर बाक्लो रूपमा उपस्थिति भएका थिए । 

निजी घरको कोठाबाट सुरु भएको तीजको दर विशेष कार्यक्रम नेपाली दिदी बहिनीको सकृयातामा केही वर्ष देखी भव्य रूपमा मनाउँदै आइरहेको जानकारी सञ्चालक मध्यकी धन पौड्यालले दिनु भएको थियो । शान्ति भुसाल, सिता सापकोटा, दिल कुमारी श्रेष्ठ, रिता ढकाल, मञ्जु भट्टराई, अन्जु थापा आदीको संलग्नतामा आयोजित उक्त तीज विशेष भव्य रूपमा समपन्न भएको छ ।

मन खोलेर नेपाली मौलिकता बोकेका तीजको भाकामा नाचेर धोको पुराएका नेपाली चेलीहरूको यो पावन पर्वलाई बिआरटी नेपाल डट कमको फेसबुक पेज र हाम्रो आवाज यु टुब च्यनलले प्रतक्ष्य प्रसारण गरेका थिए । विभिन्न सङ्घ संस्थामा आबद्ध व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति थियो । 

 

Video:

फोटो एलबम पछि प्रकाशित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू