अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

कोलोराडोमा दिदी बहिनी समूहको तिज भोलि शनिबार

बिआरटीनेपाल २०७६ साउन २४ गते ११:२४ मा प्रकाशित

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै यस बर्ष पनि अमेरिकाको कोलोराडो राज्यमा तीज विशेष कार्यक्रम हुन लागेको हो  । विगत वर्षहरूमा जस्तै सिस्टरस ग्रुप कोलोराडोका दिदीबहिनीहरूले दर खाने कार्यक्रमको आयोजना गरेका छन् । सिस्टरस ग्रुप कोलोराडोकी सिता सापकोटा भन्छिन्, “विदेशी भूमिमा चेलीबेटीलाई माइतीको झल्को मेटाउन र दिदीबहिनी आपसमा मिलेर रमाइलो गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो । विशुद्ध नेपाली परिकार लुगाफाटा र गरगहना सजिएर एकै छिन भए पनि माइतीको आँगन सम्झेर रमाइलो गर्ने मौका सबैलाई मिलेस भन्ने समूहको चाहाना हो । यसले हाम्रो मौलिक संस्कृति पछिल्लोले पनि हेर्न र सिक्न मदत हुने हाम्रो आशा एवं विश्वास छ” ।  

सिस्टरस ग्रुप कोलोराडोका दिदीबहिनीहरू सीता सापकोटा, शान्ति भुसालको सक्रियता र मीम गुरुङ उषा लम्साल र मञ्जु भट्टराईको सहयोगमा यो कार्यक्रम हुन लागेको हो । प्रवासमा बसेर नेपाली धर्म संस्कृति र परम्परालाई आत्मसाथ गर्ने परिपाटीको निरन्तरताका लागि सिस्टर ग्रुपका नेपाली दिदीबहिनीहरूले विगत केही वर्ष अगाडि देखी यो कार्यक्रम आयोजना गर्दै आएका छन् । सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्नो मनको धोको पुग्ने गरी नाच्न आयोजक टिमले सबैलाई अनुरोध समेत गरेको छ ।

तीज : दर खाने कार्यक्रम
मिति : Saturday, 10 August 2019

कार्यक्रम हुने स्थान
10828 Huron St
Northglenn, Colorado 80234

समय : ४ बजे देखि ९ बजे सम्म

प्रतिक्रिया