अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

‘अदालतको गल्ती ढाकछोप नगर्नुस्’– प्रधानन्यायधीश राणा

बिआरटीनेपाल २०७६ साउन १६ गते १०:०८ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालय विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताउनु भएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको स्पष्ट पार्नुभयो । बिहीबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले संचारमाध्यामलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पनि पटक–पटक आग्रह गर्नु भयो ।

‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधैं क्रियाशील छौैं’ उहाँले भन्नुभयो, ‘हिजो भएका गल्तीलाई दिनानुदिन सच्याउँदै हामी अघि बढिरहेका छौं । न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मूल मर्म पूरा गर्न सकेको योगदान दिन प्रतिवद्ध छु ।’

प्रधानन्यायाधीशले न्यायालय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र संचारकर्मीको सहयोगको अपेक्षा गरिएको स्पष्ट पार्नुभयो । उहाँले अदालतको गल्ती ढाकछोप नगर्न संचारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया