अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

थाइल्याण्डको सैन्य शिविरमा आक्रमण, ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०३ मा प्रकाशित

थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा गर्दा चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले दिएको जानकारी अनुसार मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रिनेड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेको जनाईएको छ ।

मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने उक्त इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस शिविर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू