अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

युरोपमा अहिलेसम्मकै उच्च तापक्रम

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०० मा प्रकाशित

युरोपको बोर्डियुक्सको फ्रेन्च सिटीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । दक्षिण पश्चिमी सहरमा मंगलबार त्यहाँको तापक्रम ४१.२ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि सन् २००३ मा ४०.७ डिग्री तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमानकर्ताहरुले यस साता युरोपभरी नै उच्च तापक्रम रहने बताएका छन् । जर्मन, बेल्जियम र नेदरल्यान्डमासमेत तापक्रम उच्च हुने बताइएको छ । विश्व मौसम विज्ञान विभागका प्रवक्ता क्लेयर नुलिसले मौसम परिवर्तनको परिणाम स्वरुप तापक्रम उच्च भएको बताउनुभएको छ ।

फ्रान्समा ’ओरेन्ज अलर्ट’ जारी गरिएको छ । त्यहाँ दोस्रो उच्च बिन्दुको तापक्रम मापन गरिएको छ । पेरिस मौसम विभागले बिहीबार फ्रान्सले तापक्रम नयाँ रेकर्ड कायम गर्ने अनुमान गरेको छ । सन् १९४७ मा फ्रान्समा अहिलेसम्मकै उच्च तापक्रम ४०.४ डिग्री मापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू