अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

बोरिस जोन्सन बेलायतको प्रधानमन्त्रीमा निर्वाचित, संसद भवनबाहिर विरोध, शिक्षामन्त्रीको राजिनामा

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:०९ मा प्रकाशित

कन्जरभेटिभ पार्टीका नेता बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्रीमा चयन हुनुभएको छ । मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार कार्यकर्ताले जोन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वाचित गरेका हुन् । पुर्वविदेश मन्त्रीसमेत रहनुभएका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गर्नुभएको हो । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री टेरिजा मेले पदत्याग गरेलगत्तै भोलि बुधबारबाट शुरु हुनेछ ।

१ लाख ६० हजार सांसदले गरेको मतदानमा जोन्सनले ९२ हजार १५३ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्दी हन्टले ४६ हजार ६५६ मत ल्याउनुभयो ।

यसैबीच, प्रधानमन्त्रीमा जोन्सन निर्वाचित भएको भन्दै संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले वेस्टमिन्सटरअघि नो टु रेसिज्म (जातियता अस्वीकार) नो टु बोरिस जोन्सन (बोरिस जोन्सन अस्वीकार) लेखिएका प्लाकार्डसहित विरोध गरेका थिए । त्यसैगरी प्रधानमन्त्री बोरिस जोन्सन भएको भन्दै शिक्षा विभाग मन्त्री एन्ने मिल्टनले राजिनामा दिनुभएको छ । उहाँले जोन्सनको क्याबिनेटमा नबस्ने भन्दै जोन्सनकै अघि राजिनामा बुझाएको बेलायती संचारमाध्यमहरुले जनाएका छन् । जोन्सन निर्वाचित हुनअघि नै मन्त्रीे मिल्टनले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू