अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

अमेरिकी दूतावासद्वारा वार्षिक क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना

बिआरटीनेपाल २०७६ साउन १ गते ९:४५ मा प्रकाशित

सन् २०१९ को एभरेस्ट अन्तर्राष्ट्रिय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्घाटन भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लु. बेरी, राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्ड तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

अमेरिकी दूतावासले अनुदानग्राही युथ थिङ्कर्स सोसाइटीसँगको साझेदारीमा आयोजित उक्त सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रका विभिन्न २० देशका २०० प्रतिनिधिलाई स्वागत गरेको छ । सम्मेलनमा उनीहरूले सुलभ तथा सुपथ मूल्यका खाद्यान्नका लागि पूर्वाधार निर्माणदेखि लिएर साइबर सुरक्षा तथा तथ्याङ्क संरक्षण संयन्त्र विकाससम्मका विषयवस्तुमा छलफल गर्नेछन् ।

सम्मेलन अन्तर्गत साताभर विद्यार्थीहरूले राष्ट्रसंघीय सुरक्षा परिषद्, युएन वुमेन, संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्, विश्व खाद्य कार्यक्रम तथा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका समिति अधिवेशनहरूको अभ्यास गर्नेछन् ।

प्रतिक्रिया