अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:४५ मा प्रकाशित

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १२ बजेर २८ मिनेटदेखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने बताइएको छ ।

चन्द्र ग्रहण हेर्न चाहनेले राति १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेटसम्म चन्द्रमाको केही भाग रातो र तामा रंगको देख्न सक्ने खगोलविद्हरुले बताएका छन् । तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकाले यो नदेखिने खगोलविद्हरु बताउँछन् ।

सूर्य र चन्द्रमा बीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाँको मध्यमा आउँछ अनि पूर्ण ग्रहण लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू