अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

भानु जयन्ती सहित सुन्ने र सुनाउनेको सत्रौँ भाग गायिका सत्यकला राईको प्रमुख आतिथ्यमा सम्पन्न

बिआरटीनेपाल २०७६ असार ३० गते १०:०१ मा प्रकाशित

भानु जयन्तीको शुभ अवसरमा नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो सत्रौँ भाग भव्य रूपमा सम्पन्न गरेको छ । चर्चित गायिका सत्यकला राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई रिता ढकालले सञ्चालन गर्नु भएको थियो । आदिकवि भानुभक्तको तस्बिरमा पुष्प गुच्छा चढाइ २०६ औ भानु जन्म जयन्ती तथा सृजना बाँच्न कार्यक्रम मनाइएको थियो। विभिन्न उपस्थित व्यक्तित्वहरूले भानुभक्तको नेपाली भाषा र साहित्यमा रहेको महत्त्व, उनका कृति तथा उनी द्वारा रचित श्लोक बाँच्न सहित आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

ज्ञानेन्द्र काफ्ले, लाल प्रसाद चौलागाइ, सिता सापकोटा, सेनु तिवारी ,गौतम सागर राई, देव भट्टराई, इन्दिरा रेग्मी, सम्झना आचार्य, वासु खनाल, भुपेन्द्र महत, रवि बास्तोला, रिता ढकाल, बुद्धि लामिछाने, हरिभक्त आचार्य, धन पौड्याल जस्ता स्रजकहरुबाट आफ्ना श्रीजना बाँच्न गरिएको थियो । 

त्यस्तै रवि बास्तोला र रिता ढकालको युगल लोक गायन तथा सत्य कला राईको साङ्गीतिक कोसेलीले श्रोताहरूलाई नचाउन सफल भएको थियो । बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रम निकै पारिस्क्रित् रूपमा अघि बढेको थियो । 

 

प्रतिक्रिया