अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

यति एयरलाईन्सको विमान धावनमार्गमा चिप्लियो, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध

बिआरटीनेपाल २०७६ असार २७ गते ८:४४ मा प्रकाशित

यति एयरलाईन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगन्जबाट काठमाडौं गएको उडान नम्बर एनवाइटी ४२२ (नाइन एन एएमएम) विमान बिहान ११.०५ बजे धावनमार्ग नजिकैको घाँसे मैदानमा पुगेको हो ।

विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको विमान कम्पनीले जनाएको छ । सामान्य घाइते भएका दुई यात्रुको अस्पतालमा उपचार भईरहेको छ ।

यतीको जहाज चिप्लिएपछि विमानस्थलमा अवतरण गर्ने सबै जहाजलाई डाइभर्ट गरिएको छ भने उडान ठप्प भएका छन् । धावनमार्ग सहित घाँसे मैदानमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।

सो कार्यमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएका छन् । महाप्रबन्धक क्षेत्रीका अनुसार यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू