अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

खाडी क्षेत्रमा ध्वजावाहक पानीजहाजलाई सुरक्षा सावधानी अपनाउन बेलायतको निर्देशन

बिआरटीनेपाल २०७६ असार २७ गते ८:३४ मा प्रकाशित

बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ । इरानका तीन वटा जहाजले बेलायतको एक तेल ट्यांकरलाई बाटो छेक्न खोजेको सार्वजनिक भएपछि बेलायतले सावधानी अपनाउन पानीजहाजहरुलाई निर्देशन दिएको हो ।

बेलायतको यातायात मन्त्रालयले आफ्ना पानीजहाजलाई तीव्र गतिमा अघि बढ्न सुझाव दिएको हो । बेलायती सरकारका प्रवक्ताले इरानले गरेको व्यवहार अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताउनुभएको छ । इरानका पानीजहाजले खाडी क्षेत्रमा बेलायती तेल ट्यांकरलाई रोक्ने प्रयास गरेको भन्दै बेलायती प्रधानमन्त्रीका सल्लाहकारले उक्त क्षेत्रमा जारी तनाव कम गर्न आग्रह गर्नुभएको हो ।

तीन वटा इरानी पानीजहाज तथा बेलायती ट्यांकरका बीचमा बेलायती नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेपछि इरानी जहाजलाई मौखिक चेतावनी दिनुपरेको रक्षा मन्त्रालयले जनाएको छ । इरानको रेभोल्युसनरी गार्डले भने उक्त घटनाका आफ्नो संलग्नता नरहेको जनाएको छ ।

तर, इरानले गत साता जिब्राल्टरनजिकै उसको ट्यांकर कब्जा गरिएको विषयको बदला लिने धम्की दिइरहेको दिँदै आएको थियो । इरानको सैन्य निकायका एक सहायक कमाण्डरले भने गत हप्ता इरानी तेल ट्यांकर कब्जामा लिएको विषयमा अमेरिका र बेलायत पछुताउनुपर्ने बताएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले भने समुद्री क्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाजको स्वतन्त्र आवतजावतका लागि कुनै समस्या उब्जिए त्यसको अन्तर्राष्ट्रियसमाधान नै खोजिनुपर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू