अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७
| Colorodo: 09:52
सरकारका कामकारबाहीलाई लिएर असन्तुष्ट रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी, नेपालले संघीय संसद प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । मंगलबार बसेको संसदको बैठकमा कांग्रेस र राजपाले अवरोध गरेपछि केही बेरका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।
सदन अवरुद्ध भएपछि सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले दिएको जानकारी अनुसार सभामुख महराले सबै दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल गर्नुभएको थियो । उक्त छलफलमा सदनको कारबाही अगाडि बढ्ने सम्भावना नरहेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर संसदको बैठक स्थगित गरिएको हो ।