अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७६ असार २४ गते ७:४९ मा प्रकाशित

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधनको निर्णय गरेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले लामो समयदेखि थाति राखिएको उक्त विधेयक संशोधनको प्रस्ताव पारित गरेको हो ।

यस्तै बैठकले भ्रष्टाचार निवारण ऐन संसोधनको पनि निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । तर, ती ऐनको कुनकुन प्रावधान परिमार्जन गर्न लागेको भन्नेबारे भने उनले केही बताएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू