अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

इराकको प्राचीन बाबिलोन शहर विश्व सम्पदा सूचीमा

बिआरटीनेपाल २०७६ असार २१ गते ९:५९ मा प्रकाशित

इराकको प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ । तीन दशक भन्दा लामो प्रयासपछि ४ हजार वर्ष पुरानो बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।

इराकले यो शहरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो ।संयुक्त राष्ट्रसंघीय शिक्षा तथा सांस्कृतिक संगठन युनेस्कोले सो शहरलाई हाल आएर विश्व सम्पदा सूचीमा समावेश गरेको हो ।

युनेस्को कमिटीको अजरबैजानमा बसेको बैठकले बाबिलोन शहरलाई विश्व सम्पदाको मान्यता दिएको हो । बाबिलोन शहर झुलन बगैंचाका लागि प्रसिद्ध छ । सो बगैंचा विश्वका सात आश्चर्य मध्येको एक हो । पछिल्ला वर्षमा यो शहर अतिक्रमणको चपेटामा परेको छ ।

यहाँ पहिले सद्दाम हुसेनका लागि दरबार बनाइएको थियो । त्यसपछि अमेरिकी सैनिकले आफ्नो बेसक्याम्पका रुपमा प्रयोग गर्दा समस्या परेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू