अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

सरकार र सबै दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार १४ गते १:२४ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र मुलुकका सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताउनुभएको छ । बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने उल्लेख गर्दै उहाँले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

शनिबार राजधानमिा आयोजित “परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद” बिषयक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले मुलुकका राजनीतिक दलहरुको परराष्ट्र नीति भिन्न रहेको संकेत गर्दै समान नीति बनाउन आवश्यक रहेको तर्क गर्नुभयो ।

छिमेकीसहित सबै राष्ट्रहरुलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको सरकार त्यसैमा चलिरहेको स्पष्ट पार्नुभयो । त्यसैका लागि सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अघि बढिरहेको उहाको भनाई थियो ।

प्रधानमन्त्री ओलीले अहिले मुलुकले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको समेत बताउनुभयो । मुलुकको प्राथमिकतामा लगानी रहेकोले सरकार र दलहरुको परराष्ट्र नीतिपनि सोही अनुरुपको हुनुपर्ने उहाको भनाई छ । प्रधानमन्त्रीले छिमेकीसहित सबै राष्ट्रहरुसँग सरकारले समान व्यवहार गर्ने समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको सम्बन्ध राम्रो रहेको भनिए पनि बेला बेला खटपट चलिरहने बताउनुभयो । त्यो खटपट पनि अन्त्यका लागि प्रयास भइरहेको उहाको भनाई छ ।

कार्यक्रममा ‘परिवर्तित भू–राजनीति– छिमेक तथा प्रमुख शक्ति राष्ट्रहरु’ शीर्षकमा विज्ञ तथा राजनीतिज्ञले कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू