अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

चेक रिपब्लिकमा प्रधानमन्त्रीको राजीनामा माग्दै बिशाल प्रदर्शन

बिआरटीनेपाल २०७६ असार ९ गते १०:१६ मा प्रकाशित

युरोपेली देश चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । ‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी गु्रपले ’ ले प्रधानमन्त्री बाबिस आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी रहेको अन्तर्राष्ट्रिय संचारमाध्महरुले जनाएका छन् । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका हुन्।

चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै ठूलो भएको बताईएको छ । प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ । उहाँले सो रकम आफू सत्तामा आउनु अघि सन् २०१७ मा दुइवटा कोषमा ट्रान्सफर गर्नुभएको थियो । प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू