अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

भारतीय प्रधानमन्त्रीका लागि पाकिस्तानी हवाई मार्ग खुला

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५४ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ । पाकिस्तानले आफ्नो हवाई मार्ग पछिल्लो समय अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि बन्द गरेको छ । भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

यसअघि भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए । भारतको आग्रहअनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाश मार्ग उपलब्ध गराउन सहमति जनाएको हो ।

मोदी १३ र १४ जुनमा किर्गिस्तानको बिश्केकमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसनको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै हुनुहुन्छ । सो बैठकमा पाकिस्तानका प्रधानमन्त्री इमारान खानसमेत सहभागी हुँने बताईएको छ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानलाई आफ्नो आकाश मार्ग दिन सैद्धान्तिक सहमति जनाइसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेर यसबारे औपचारिक जानकारी भारतलाई उपलब्ध गराउने आश्वासन पाकिस्तानी पक्षबाट आएको भारतीय अधिकारीहरुको भनाइ छ ।

पाकिस्तानले आफ्नो आकाश मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनु पर्ने हुन्थ्यो । पाकिस्तानी आकाश मार्ग प्रयोग नगरी नयाँ दिल्लीबाट किर्गिस्तान पुग्न करिब ८ घण्टा लाग्ने बताइन्छ । पाकिस्तानी आकाश मार्ग प्रयोग गर्दा करिब ४ घण्टामै किर्गिस्तान पुगिने भएकाले पनि भारतीय अधिकारीहरुले मोदीको विमानलाई आकाश मार्ग दिन पाकिस्तानी अधिकारीसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू