अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

भारत गुजरातको एक ब्यवसायिक भवनमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ १० गते २१:५० मा प्रकाशित

भारतको गुजरातस्थित एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । आगलागीमा परेर कयौं घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । गुजरातको सुरत शहरको सारथानास्थित तक्षशिला कम्प्लेक्समा रहेको एक ट्युसन सेन्टरबाट आगलागी भएको बिबिसीले जनाएको छ ।

आगलागीमा परी मर्नेहरु अधिकांश छात्रछात्रा रहेका छन् । विद्यार्थीहरु ट्युसन सेन्टरमा पढिरहेको बेला काठको टुक्रामा लागेको आगो त्यहाँ परेपछि भवनमा सल्किएको थियो । यसैवीच, गुजरातका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको कारण पत्ता लगाउन आदेश दिनुभएको छ । राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू