अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा हार स्वीकार

बिआरटीनेपाल २०७६ जेठ ४ गते ५:५२ मा प्रकाशित

भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लाकसभा निर्वाचनमा हार स्विकार गर्नुभएको छ । भारतको दिल्लीमा ७ सीटका लागि लोकसभाको चुनाव भइसकेको तथा नतिजा सार्वजनिक नहुँदै केजरीवालले हार स्वीकार गर्नुभएको हो । उहाँले अन्तिम समयमा दिल्लीका मुस्लिम समुदायको भोट कांग्रेसलाई गएको समेत बताउनुभएको छ ।

इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा केजरीवालले चुनावको ४८ घण्टाअघिसम्म सातवटै सीट जित्ने आकलन गरेको भएपनि अन्तिम समयमा मुस्लिम समुदायको भोट कांग्रेसमा सिफ्ट भएका कारण नतिजा फरक आउने बताउनुभयो । चुनावको एकरात अघि भएको यो उथलपुथलबारे आफूहरुले पत्ता लगाइरहेको केजरीवालको भनाई छ ।

अरविन्द केजरीवालको यो बयानप्रति दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितले प्रतिक्रिया दिनुभएको छ । ‘मलाई थाहा छैन उनी (केजरीवाल) किन यस्तो कुरा गरिरहेका छन् । जनतामा आफूले चाहेको उमेद्वारलाई भोट दिन पाउने अधिकार छ । दिल्लीका जनताले कसको शासनमा के भएको छ सबै थाहा पाएर मताधिकार प्रयोग गरेका होलान,’ दीक्षितको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू