अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

चीनमा सबै भाषाका विकिपेडियामाथि प्रतिबन्ध

बिआरटीनेपाल २०७६ जेठ १ गते ३:५२ मा प्रकाशित

चीनमा प्रमुख क्षेत्रका विकिपेडीयामाथि प्रतिबन्ध लागेको छ । विकिपेडियाका सबै भाषागत संस्करणमाथि प्रतिबन्ध लगाईएको हो । चीनका प्रमुख क्षेत्रमा गएको अप्रिलदेखि नै प्रतिबन्ध लागेको विकिपेडिया फाउन्डेशनले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

इन्टरनेटमाथिको सेन्सरसिपबारे अनुसन्धान गर्दै आएकाहरुले जनाएअनुसार चीनमा विकिपेडिया हजारौँ वेबसाइटमा समाविष्ट छ, जसमाथि चीनमा प्रतिबन्ध लागेको छ वा पहुँच दिइएको छैन ।

यसअघि चिनियाँ भाषाको विकिपेडिया संस्करणमा मात्रै प्रतिबन्ध लागेको थियो । विकिपेडियालाई स्वतन्त्ररुपमा सम्पादन गर्न मिल्ने इनसाइक्लोपेडियाका रुपमा लिने गरिन्छ ।

सन् २०१७ मा टर्की तथा यो वर्ष भेनेजुएलाले पनि विकिपेडियामाथि प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू