अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

एनआरएन प्रत्याशीहरू न्यु ह्याम्सरमा

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:३५ मा प्रकाशित

म्यानचेस्टर (न्यु ह्याम्सर) । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) न्यु ह्याम्सर च्याप्टरले एनआरएन अमेरिकाका अध्यक्षका तीन जना प्रत्याशीहरू एकै ठाउँमा उभ्याउन सफल भएको छ । शनिवार म्यानचेस्टर भएको कार्यक्रममा अध्यक्षका तीनै प्रत्याशीहरू: सुनिल साह, सञ्जय थापा र सूर्य लम्साल एउटै मञ्चमा देखिएका थिए । 

न्यु ह्याम्सर च्याप्टर प्रमुख डम्बर कडरियाको सभापतित्वमा भएको उक्त कार्यक्रम अध्यक्षका प्रत्याशीहरूबाहेक अरू उम्मेदवारहरूले पनि आफ्नो मन्तव्य राखेका थिए ।

यस पटक दुई सय १२ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् । अधिकारकर्मी एवं कानुनविद् छत्रकुमारी गुरुङले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएकी छन् । 

एनआरएन अमेरिकामा यस पटक ८ हजार ९ सय २३ जनाले सदस्यताको आवेदन दिएकामा ८ हजार ८ सय ६१ ले सदस्यता प्राप्त गरे । यसमा पुरानो ५ सय ९१ जना आजीवन सदस्यसमेत गरी ९ हजार ४ सय ५२ जना सदस्य भएका छन् ।

मे १८ र १९ तारिख निर्वाचन मिति तोकिएको छ भने मे २१ तारिख परिणाम घोषणा तथा जुलाई ६ तारिख निर्वाचित समितिलाई पद हस्तान्तरण र प्रमाण-पत्र वितरणको कार्य तालिका सार्वजनिक गरिएको छ । 

“नेपालीका लागि नेपाली” भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो । यसका विभिन्न ७८ देशमा शाखा छन् । अमेरिकाका सबैजसो राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । 

प्रतिक्रिया