अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

विश्वको सबैभन्दा ठूलो विमानले अमेरिकाबाट गर्यो पहिलो उडान

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:३७ मा प्रकाशित

विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो बिमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ । यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन् ।

स्ट्रेटोलन्च नामक कम्पनी अन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले अहिले पहिलो उडान भरेको हो । अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ ।

यो परियोजना सफल भएको खण्डमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट पठाउन भन्दा पनि सस्तो र सुलभ हुने बताइएको छ । पहिलो उडानमा नै यो बिमान १५ हजार फुटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू