अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

सुडानमा राजनीतिक हललच – सत्ता हातमा लिएका सेना प्रमुखले दिए राजीनामा

बिआरटीनेपाल २०७५ चैत ३० गते ९:२३ मा प्रकाशित

सुडानको सेना प्रमुखसमेत रहनुभएका रक्षामन्त्री अवाद इब्न औफले राजिनामा दिनुभएको छ । उहाँले राष्ट्रपतिलाई पक्राउ गरेर सत्ता हातमा लिनुभएको थियो । पछिल्लो समय सुडानमा तीव्र राजनीतिक उतारचढाव भईरहेको छ । सुडान मिलिट्री काउन्सिलका प्रमुख रहेका अवादको नेतृत्वमा बुधबार मात्र सैन्य शासन शुरु भएको थियो । अवाद नेतृत्वको समूहले मुलुकको नेतृत्व आफ्नो हातमा लिएको तीन दिनमै आन्दोलनका कारण राजीनामा दिनुपरेको हो । अवाद आफुले पद छोडेकोसरकारी टिभीबाट घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उहाँले सेना प्रमुखको रूपमा लेफ्टिनेन्ट जनरल अब्दु फतह अब्दुर्रहमान बुरहानलाई प्रस्तुत गर्नुभएको छ । अवादको यो फैसला राजनीतिक हलचलपछि राष्ट्रपति पदबाट उमर अल बशीरको राजीनामा पछि पनि जनताको प्रदर्शन जारी रहेकै बेला आएको हो । बशीरले राष्ट्रपति पद छोड्दा पनि जनताले मानेका थिएनन् । उनीहरूले अवाद पनि बशीरकै मान्छे भएको भन्दै प्रदर्शन रोक्न मानेका थिएनन् । सत्ता हातमा लिएपछि अवादले देशमा संकटकाल घोषणा गर्नुभएको थियो ।

अवादले सत्ता हातमा लिएर दुई वर्षपछि आम निर्वाचन गराउने र नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो । जसलाई प्रदर्शनकारीले अस्विकार गरेका थिए । प्रदर्शनकारीले नागरिक शासन हुनुपर्ने र सैन्य शासनको ज्यादती सैह्य नहुने भन्दै प्रदर्शन चर्काएका थिए । बिहीबार राष्ट्रपति बशीरलाई सत्ताबाट हटाएर पक्राउ गरिएको थियो । उहाँलाई हटाएर मुलुकको नेतृत्व रक्षामन्त्रीसमेत रहेका सेना प्रमुख अवादले लिएका थिए । शुक्रबार मात्रै मिलिट्री काउन्सिलका प्रवक्ताले सेनालाई सत्ता नचाहेको र देशको भविष्य जनताले तय गर्ने बताउनुपरेको थियो । उहाँले शान्ति र कानुन व्यवस्था भंग हुन नदिने पनि बताउनुभएको थियो । प्रदर्शनकारीले राष्ट्रपति उमर अल बशीर र रक्षामन्त्री रहेका अवादको राजीनामालाई आफ्नो जितका रूपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू