अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

एनआरएनए नाइजेरियाबाट आधी पीडितलाई रु. १, ३१,००० राहत सहयोग

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:५४ मा प्रकाशित

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ नाइजेरियाले बारा पर्साका आधी पीडितलाई राहत सहयोग स्वरूप आज नेपाली एक लाख एकतिस हजार रुपैयाँ एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरेको छ । 

उक्त राहत राशि सङ्कलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका, मन थापा, सञ्जय थापा, भरत रिजाल, अन्जु पौडेल, विदुर घिमिरे, किर्ती अग्रवाल भाङ्गर, अभिषेक मान सिंह, सागर श्रेष्ठ, रुद्र दर्लामी मगर, सोमेश अर्याल, भरत रिजाल, वीरेन्द्र गुप्ता, ज्ञानेन्द्र गुप्ता, सुशील गिरी, सुरज गिरी, निरु पौडेल, विनोद गुरुङ, मदन बोहरा, राजकुमार, टोपबहादुर गुरुङ, राजु धिताल, भीम थापा, प्रकाश अर्याल, सुकमल सरकार, राजु थापा र रमेश गुप्ता रहनु भएको एनआरएनए नाइजेरियाका अध्यक्ष विश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू