अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

मलेसियामा बस दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७५ चैत २५ गते १०:२८ मा प्रकाशित

मलेसियामा आइतबार राति भएको बस दुर्घटनामा परी ५ नेपालीको मृत्यु भएको छ । मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका ११ जना मध्ये ५ जना नेपाली रहेका छन् ।

दुर्घटनामा परी मलेसियाका बस ड्राइभरसहित ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको पनि ज्यान गएको छ । बसले ४३ यात्रु बोकेको थियो। बस एकदमै सजिलो ठाउँमा दुर्घटनामा परेका मलेसियाली अधिकारीहरूले जनाएका छन् । दुर्घटनाको कारणबारे खुलेको छैन ।

दुर्घटनामा कुन देशका कति कामदार घाइते भए भन्ने खुलाइको छैन । परराष्ट्र मन्त्रालयले बसमा १३ र १४ जना नेपाली कामदार चढेको बुझिए पनि थप जानकारी आउन बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू