अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

सभामुख महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री विन बीच भेटघाट

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:२२ मा प्रकाशित

सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटघाट भएको छ । अन्तरव्यवस्थापिका संघ आइपियूको १ सय ४० औं सभामा सहभागी हुन कतार पुग्नुभएका सभामुख महरा र कतारका पराराष्ट्रमन्त्री थानीबीच दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा सभामुख महराले नेपाल, कतार सम्बन्ध कूटनीतिक मात्र नभइ जनस्तरसम्म प्रगाढ रहेको बताउनुभयो । समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्दै सभामुख महराले आफूहरुले नेपाल, कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू