अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

साउदी जेलमा रहेका ५१ नेपालीलाइ क्षमादान

बिआरटीनेपाल २०७५ चैत २० गते ९:४८ मा प्रकाशित

साउदी अरबमा विभिन्न कसुरमा जेलमा रहेका ५१ जना नेपालीहरुले क्षमा पाएका छन् । साउदी राजाले उनीहरूको कैद,जरिवाना मिनाह गरि क्षमा दिनुभएको हो । बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजाको क्षमादानपछि ५१ जना तथा बिगत एक बर्ष देखि रक्सि खाएको कसुरमा जेलमा रहेका २८ जना नेपालीहरु स्वदशे फर्किन सफल भएको त्यहाँ स्थित नेपाली राजदुतावासले जनाएको छ ।

ब्लडमनि र जरिवाना तिर्न नसकी जेल मा रहेका अन्य ५ जना नेपालीको पनि बक्यौता रकम नेपाली समुदायको सहयोगमा जोहो भए पश्चात उनीहरु स्वदेश फर्किएका छन् । साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुतले सामाजिक सञ्जाल फेसबुकमा ८४ जना नेपालीहरु बिगत केहि महिनाको अबधिमा नेपाल फर्किएको जानकारी दिनुभएको छ । उहाँले क्षमादानको लागि साउदी नरेशप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुका साथै सहयोग दिने स्वदेश र विदेशमा रहेका नेपाली समुदाय प्रति धन्यवाद प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू