अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

एएफसी कप अन्तर्गत पहिलो खेलमा मनाङ पराजित

बिआरटीनेपाल २०७५ चैत २० गते ९:४१ मा प्रकाशित

एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली ’ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लब पराजित भएको छ । समूह चरणको पहिलो खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेडसंग १, ० गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा अबहानीलाई जित दिलाउन मासिया साईघानीले निर्णायक गोल गर्नुभयो । खेलको २७ औं मिनेटमा साईघानीले हेड गोल गर्दै अबहानीलाई जित दिलाउनुभएको हो । बल पोजिसनमा पकड जमाएपनि मनाङ गोल गर्न नसक्दा घरेलु मैदानमा पराजित भएको हो । जितसंगै अबहानीले महत्वपूर्ण ३ अंक जोडेको छ । मनाङले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया