अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

ओलम्पिक छनोटका लागि नेपाली महिला टिम म्यानमार प्रस्थान

बिआरटीनेपाल २०७५ चैत १७ गते ९:३६ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमका बीच महिला फुटबल टिमको विदाई गरेको हो। कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले छनोट प्रतियोगितामा महिला टिमले इतिहास रच्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली महिला टिमले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई ओलम्पिक छनोटमा पनि कायम राख्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समूह ’बी’ मा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक म्यानमारसहित भारत र इन्डोनेशिया छन्।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमार, दोस्रो खेलमा भारत र अन्तिम खेलमा इन्डोनेशियाको सामना गर्नेछ। नेपालले अप्रिल ३ मा पहिलो खेलमा म्यानमारसँग खेल्नेछ। त्यस्तै अप्रिल ६ मा भारत र अप्रिल ९ मा इन्डोनेसियासँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ।

प्रतिक्रिया