अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

एनआरएनएले पूर्वाधार विकासमा लागि १० अर्ब बढीका परियोजनामा लगानी गर्ने

बिआरटीनेपाल २०७५ चैत १६ गते ९:४५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा नेपाल सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकार समेतको लगानीमा स्थापना हुने उक्त कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहने जनाईएको छ । कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि यो इन्भेष्टमेन्ट कोष गठन हुनेछ । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ । तर नेपालमा बस्ने नेपालीले भने कम्पनीको शेयर किन्न पाउने छैनन् ।

अध्यक्ष भट्टले यो लगानी अन्य भन्दा फरक भएको बताउनुभएको छ । उहाले सबै एनआरएनएले शेयर खरिद गरेर यसमा सहभागी हुन सक्ने बताउनु भयो । उहाँले नेपालको विकासका लािग यो एक गेम चेन्जर हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू