अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

कनेक्टिकट नेपाली समाजमा जितेन्द्र बस्नेत

केपी भट्ट २०७५ चैत १२ गते २३:११ मा प्रकाशित

कनेक्टिकट, अमेरिका । विभिन्न पेसा गरेर अमेरिकामा रहनु भएका नेपालीहरूको साझा संस्था नेपाली समाज कनेक्टिकट (२०१९-२०२०) को नयाँ कार्यकालको लागि बौद्धिक गतिशील कर्मठ तथा ईमान्दार व्यक्तित्व जितेन्द्र बस्नेत विजयी हुनु भएको छ । मार्च २४ मा भएको संस्थाको निर्वाचनबाट अध्यक्ष पदमा जितेन्द्र बस्नेत निर्वाचित हुनु भएको हो । निर्वाचन पछि प्रतिक्रिया दिँदै यो निर्वाचनमा सबै नेपालीको जीत भएको बताउनु भएको छ । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेललाई पराजित गर्दै उहाँ विजयी हुनु भएको हो ।

कुल मतदाता सङ्ख्या ५६७ रहेको नेपाली समाज कनेक्टिकटमा जम्मा ५१४ मत खसेको थियो । जस मध्ये निर्वाचित बस्नेत ले ३२९ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गर्नु भएको थियो भने ५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै गरी संस्थाको उपाध्यक्षमा जय राई सचिवमा भद्रा राई सहकोषाध्यक्षमा कुल देव अधिकारी सह सचिवमा रविन तुम्बाफे युथ कोर्डीनेटर मा विधान अधिकारी सदस्यहरूमा रिन्कु श्रेष्ठ र सुवास बुढ़ाथोकी निर्विरोध चयन हुनुभएको छ । आगामी दिनमा सबैसँग हातेमालो गरेर कसैलाई पनि काखा र पाखा नगरीकन अहिले भन्दा गतिशीलताका साथ संस्थालाई नयाँ ढङ्गबाट अगाडी बढाउने संस्थाका नवनिर्वाचित अध्यक्ष बस्नेतले बताउनु भएको छ । उहाँलाई निवार्चनका समयमा सहयोग गर्ने सबै कनेक्टिकट बासी नेपालीहरूलाई आभार पनि व्यक्त गर्नु भएको छ ।अध्यक्ष पदका अर्का उम्मेदवार नारायण पौडेलले आफू निर्वाचनमा पराजित भएता पनि संस्थाको विकासमा आफु सधैँ तत्पर रहेको बताउनु भयो । 

प्रतिक्रिया