अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

एनआरएनए स्कटल्याण्डको “हिल वाक” सम्पन्न

बिआरटीनेपाल २०७५ चैत ११ गते १८:१२ मा प्रकाशित

स्कटल्याण्ड, एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भव्य रूपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताउनु भयो । “एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरूमाझ एनआरएनए प्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र सङ्गठन बिस्तारमा सहयोग पुगेको छ” अध्यक्ष कार्कीले बताउनु भयो । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग सङ्कलन भएको र सहयोग सङ्कलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताउनु भयो । उक्त कोषबाट सङ्कलित सहयोग आपत्कालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ । 

उक्त हिल वाक सुरु हुनु भन्दा पहिले एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिनु भएको थियो । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित उक्त कार्यकममा स्कटल्याण्डको विभिन्न स्थानहरू एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताउनु भयो ।

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गर्नु भएको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन व्यवसायमा सहयोग पुग्ने बताउनु भयो । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दूतावास र पर्यटन बोर्डसँग समन्वय गरिरहेको कार्कीले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू