अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

तमु समाज बेल्जियमको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा नन्द कुमारी तमुस्यो (दुर्गा)

बिआरटीनेपाल २०७५ चैत ११ गते १८:०० मा प्रकाशित

वाई बि गुरुङ- बेल्जियम, तमु समाज, बेल्जियमको आगामी दुई बर्से कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष नन्द कुमारी गुरुङ (दुर्गा) को अध्यक्षतामा १९ सदस्सिय नयाँ कार्य समिति चयन गर्दै दशौँ अधिवेशन ल्यूभेनमा भव्य रूपमा सम्पन्न भएको छ ।

बेनेलेक्स्का लागि नेपाली राजदूत महामहिम लोक बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता र तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेसम गुरुङ र गैर आवासीय नेपाली सङ्घ केन्द्रीय सचिव जानकी गुरुङको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त दशौँ अधिवेशनको उद्घाटन प्रमुख तथा विशिष्ट अतिथि द्वयले दीप प्रज्वलन गरी गरेका थिए ।

तमु समाज बेल्जियमका ज्येष्ठ नागरिक क्या, जोग बहादुर गुरुङको समेत समुपस्थितिमा सम्पन्न भएको उक्त एतिहासिक अधिवेशनमा बेल्जियममा क्रियाशील विभिन्न सङ्घ संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

यसरी शुभकामना दिनेहरूमा गैर आवासीय नेपाली सङ्घ, लग्जेम्वर्गका अध्यक्ष नारायण गुरुङ, गैर आवासीय नेपाली सङ्घ, बेल्जियमका उपाध्यक्ष गोविन्द सिङ्ग अधिकारी, जनजाति महा सङ्घ बेल्जियमका अध्यक्ष बाबु राजा लामा, विश्व मगर सङ्घ, बेल्जियमका अध्यक्ष लोक राना मगर, शेर्पा किदुग बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, पासा पु चः बेल्जियमकी उपाध्यक्ष अनुजा प्रधान, जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, जनप्रगतिशील मञ्चका अध्यक्ष चित्र सुबेदी, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङ र सीता सापकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगलका अध्यक्ष तथा तमु समाज, पोर्चुगलका सल्लाहकार वाई बि गुरुङ, गैर आवासीय नेपाली सङ्घ, एदरल्याण्डका पूर्व आईसिसि सदस्य हिमाल गुरुङ, तमु समाज नेदरल्यनडका अध्यक्ष प्रेम जङ्ग गुरुङ, जनसम्पर्क समिति बेलाएताका अध्यक्ष युवराज गुरुङ, सङ्घीय समाजवादी फोरम, बेल्जियमका अध्यक्ष नेत्र राना मगर, राप्रपा, बेल्जियमको अध्यक्ष दीपेन्द्र केसी, मोना अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सचिव मीन पुर्जा, पर्वत समाज, बेल्जियमका अध्यक्ष झलक केसी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको दोस्रो सत्र अन्तर्गत समाजकी कोषाध्यक्ष कमला तमुस्योले आर्थिक प्रतिवेदन, महासचिव सूर्य बहादुर गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गीत बजाएर देश र जन्मभूमि प्रति सम्मान प्रकट गरिएको थियो । पहिलो सत्रको औपचारिक कार्यक्रम समाजका अध्यक्ष जीवन गुरुङज्यूको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा वरिष्ठ उपाध्यक्ष नन्द कुमारी गुरुङ ( दुर्गा)ले स्व्वागत मनतव्य राखेकी थिइन् भने, महासचिव सूर्य बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष जीवन गुरुङले आफ्नो चार बर्से कार्यकाल सम्म प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग पुर्‍याउने तमु समाज बेल्जियमका सपूर्ण सदस्यहरू लगायत बेल्जियम स्थित सम्पूर्ण सङ्घ संस्थालाई विशेष धन्यवाद दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू