अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

चिनियाँ राष्ट्रपति सी इटालीमा

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:४७ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङ युरोप भ्रमणकाक्रममा इटाली पुग्नुभएको छ । इटालीको राजकीय भ्रमणकाक्रममा उहाँ श्रीमती पेङ लियुयानसहित रोम पुग्नुभएको हो । चिनियाँ राष्ट्रपति १० वर्षपछि पहिलोपटक युरोप भ्रमणमा निस्किनुभएको हो ।

इटाली पुग्नेबित्तिकै लिखित मन्तव्य दिँदै राष्ट्रपति सीले चीन र इटालीबीचको सम्बन्ध समयको आवश्यकताअनुसार अगाडि बढेको बताउनुभयो । आपसी सम्मान, विश्वास र फाइदाका आधारमा चीन र इटालीबीच मित्र र साझेदारीको सम्बन्ध रहेको र यसले उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

राष्ट्रपति सी मोनाको र फ्रान्सको पनि भ्रमणमा जाने कार्यक्रम रहेको चिनिया संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू